रामेछाप नगरपालिकाका मेलमिलाप कर्ताहरुलाई कानुनी शिक्षा

रामेछाप नगरपालिकाका मेलमिलाप कर्ताहरुलाई कानुनी शिक्षा

रामेछापको रामेछाप नगरपालिकाले नगर क्षेत्रमा रहेका मेलमिलाप कर्ताहरुलाई कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण गराएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख एवं न्यायीक समितिका संयोजक सृजना खड्काको अध्यक्षतामा कार्यक्रम गरी नगरभरी रहेका हरेक वडाका वडा संयोजक सहित २ जनागरी १८ जना मेलमिलाप कर्ताहरुलाई कानुनी साक्षरताका बारेमा प्रशिक्षित गरिएको हो । समाजमा सकभर झैझगडाको बाताबरण सृजना हुनै नदिने गरी मेलमिलापकर्ताहरुले भुमिका खेल्नु पर्नेमा उपप्रमुख एवं न्यायीक समितिका संयोजक खड्काले जोड दिनुभयो ।

सोहि कार्यक्रममा रामेछाप नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत सुकदेव नेपालले मेलमिलापकर्ताहरुलाई नश्पक्ष रुपमा दुवै पक्षको जित हुनेगरी मिलापत्र गरेर विवाद निरुपणमा लाग्न आग्रह गर्नुभयो । गाउँ समाजमा हुने झैझगडा र बिबादहरुलाई मेलमिलापको माध्यमबाट विबाद समाधान गर्ने गरी मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिईएको रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालले जानकारी दिनुभयो । सो अभिमुखिकरण कार्यक्रममा मेलमिलापकर्ताहरुको लागी विवाद मिलापत्र लिखत तयार सम्बन्धि विभिन्न कुराहरुको बारेमा कानुनी सल्लाहकार दाहालले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार