प्रेस युनियन रामेछापको सातौ साधारणसभा सम्पन्न

प्रेस युनियन रामेछापको सातौ साधारणसभा सम्पन्न

नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको सातौ साधारणसभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल प्रेस युनियन रामेछाप शाखाको स्थापना देखि हाल सम्मको अवस्था, व्यवसायिक र क्रियाशिल पत्रकारिताका विषयमा छलफल गर्दै सातौ साधारणसभा सम्पन्न भएको हो । नेपाल प्रेस युनियन बागमती प्रदेश विशेष समितिका सचिव हिमाल ढुंगेलको प्रमुख आतिथ्यता एवम नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापका अध्यक्ष अप्रिल अधिकारीको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका सदस्य बद्री नयाँघरे,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष टिका प्रसाद भट्ट,उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकास्थलीका वडाध्यक्ष रमेश कुमार सुनुवार,नेपाल ट्रेड युनियन काँग्रेस रामेछापका अध्यक्ष पूर्ण सुवेदी, सामुदायिक रेडियो प्रशारक संघ रामेछापका अध्यक्ष दिपक घिमिरे लगायतले संगठनलाई थप शसक्त बनाउँदै व्यवसायिक र क्रियाशिल पत्रकारितामा युनियनले नयाँ योजनाका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारीको अध्यक्षतामा भएको सातौ साधारणसभा तथा बनभोज कार्यक्रममा सचिव रामचन्द्र विकले संस्थाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रमको अवसरमा जनयुद्ध कालदेखि नै तत्कालिन नेकपा माओवादी निकट रहेर पत्रकारिता गर्दै आउनुभएका टंक गौतम नेपाल प्रेस युनियनमा प्रवेश गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार