सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । आज राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको छ । सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच हिजो भएको सहमतिमा आज विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको हो ।

नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले हिजो फुकुवा गरेको थियो । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द समूहको लिखित प्रतिबद्धता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ तथा उनीहरूमाथि लागेका ‘राजनीतिक मुद्दा’ फिर्ता गर्न सरकार सहमत भएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो ।

सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो । सहमतिपत्रमा दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वर्ता र सम्वादबाट समाधान गर्ने, नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्ने, नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी माथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार