मन्थली नगरपालिकाले विभिन्न कार्यक्रम गरी नारी दिवस मनाउने

मन्थली नगरपालिकाले विभिन्न कार्यक्रम गरी नारी दिवस मनाउने

रामेछापको मन्थली नगरपालिकाले १११ औँ अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । जसअनुसार लोक गीत प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता,जिल्लास्थित अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकमा जिल्लस्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार