रामेछापका ४३ हजार ७४१ जना युवा युवतीहरु बैदेशिक रोजगारीमा

रामेछापका ४३ हजार ७४१ जना युवा युवतीहरु बैदेशिक रोजगारीमा

सुरक्षित बैदेशिक रोजगार कार्यक्रम रामेछाको तथ्याङ्क अनुसार अहिले जिल्लाका ४३ हजार ७४१ जना युवा युवतीहरु बैदेशिक रोजगारीका लागि विभिन्न देशमा छन् । आर्थिक वर्ष २०६७÷०६८ देखी गत आर्थिक वर्ष २०७६÷०७७ सम्म एक दशकको अवधिमा श्रम स्विकृती लिएर ३८ हजार ३२८ जना पुरुष र पाँच हजार ४१३ जना महिला बैदेशिक रोजगारीमा गएको सुरक्षित बैदेशिक रोजगार कार्यक्रमका कार्यक्रम अधिकृत भोजराज सुनुवारले बताउनुभयो ।

जिल्लाबाट युएई,कतार ,बहराइन,कुवेत , साउदी अरब र ओमान जस्ता मुलुकमा रोजगारीका लागि गएका छन् , जिल्लाबाट अधिकांस मानिसहरु महिनामा २५ हजार रुपियाँ देखी ३० हजार नेपाली रुपियाँ कमाउन बिदेश गएको देखिन्छ कार्यक्रम अधिकृत सुनुवारले भन्नुभयो । जिल्लाको चारवटा पालिकाहरुले सञ्चालन गरेको सुरक्षित बैदेशिक रोजगारका लागि आप्रवासी सेवा केन्द्र (सूचना केन्द्रमा) चालु आर्थिक वर्षको हालसम्म बैदेशिक रोजगारी सम्बन्धि ५४ वटा समस्या(मुद्दा) आएका छन् ।

जसमा महिलाका पाँचवटा र पुरुषका ४९ वटा समस्या(मुद्दा) छन् । आएका समस्या मध्ये २६ वटाको समाधान भैसकेको र २९ वटा प्रक्रियामा रहेको सुरक्षित बैदेशिक रोजगार कार्यक्रम रामेछापका संयोजक सागरबिक्रम बस्नेतले बताउनुभयो । बैदेशिक रोजगार कार्यक्रम(सामी) परियोजनाले विहीबार मन्थलीमा सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारको भूमिका बिषयमा अन्तरक्रिया गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार