प्रचण्ड–माधव समूह रामेछापले मन्थलीमा निकाल्यो विजय जुलुस

प्रचण्ड–माधव समूह रामेछापले मन्थलीमा निकाल्यो विजय जुलुस

संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूह रामेछापले सदरमुकाम मन्थलीमा विजय जुलुस निकालेको छ । रामेछाप सदरमुकाम मन्थलीमा विजय जुलुस सहित भएको सभामा नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका अध्यक्ष मैन कुमार मोक्तान,सचिव शान्ति पौडेल,जिल्ला ईन्चार्ज देवशंकर पौडेल लगायत नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सभालाई जिल्ला अध्यक्ष,सचिव,जिल्ला ईन्चार्ज लगायतले सम्बोधन गर्नुभयो । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका इन्चार्ज देवशंकर पौडेलको प्रमुख आतिथ्यतामा भएको सभालाई नेकपा रामेछापका पार्टी अध्यक्ष मैनकुमार मोक्तान, सुनापति गाउँपालिका अध्यक्ष धावा लामा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

उहाँहरुले प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभाको संसद विघटनको कदमलाई बदर गरी सर्वोच्चले जनताको पक्षमा फैसला सुनाएको भन्दै यस फैसलाको सबैले स्वागत गर्नुपर्ने बताउनुभयो । साथै, नेकपा नेताहरुले प्रतिगमनका विरुद्धमा सडक आन्दोलनमा उत्रिने जनता एवम् नेता तथा कार्यकर्ताहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभएको थियो । विजय जुलुसमा सहभागीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाई लगायतका नारा लगाएका छन् । उक्त समुहले रामेछाप बजारदेखी मन्थलीसम्म मोटरसाईकल र्याली निकालेको थियो । संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार