रामेछाप सैपुमा १ लाख पुरस्कार राशी सहितको भलिबल प्रतियोगिता हुँदै

रामेछाप सैपुमा १ लाख पुरस्कार राशी सहितको भलिबल प्रतियोगिता हुँदै

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ सैपुमा जिल्लाकै उत्कृष्ठ पुरस्कार राशी भएको अन्तर माध्यमिक विद्यालय भलिबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद” भन्ने मुल नाराका जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)द्धारा निर्मित अरुणोदय माध्यमिक विद्यालयको चारकोठे विद्यालय भवन उद्धघाटनको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाखको साथमा शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । द्धितिय हुने टिमले नगद ५० हजारको साथमा शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । त्यसैगरी प्रतियोगितामा सान्त्वना हुने टिमले नगद १५ हजारको साथमा शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । श्री अरुणोदय माध्यमिक विद्यालयको आयोजनामा हुन लागेको प्रतियोगितामा रामेछाप र ओखलढंगाका मावि विद्यालयका विद्यार्थीहरुले मात्र सहभागीता जनाउन पाउने छन । खेल लिग कम नकआउटको आधारमा खेलाईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार