भारतमा आजदेखि कोरोना विरुद्धको खोप अभियान सुरु हुँदै

भारतमा आजदेखि कोरोना विरुद्धको खोप अभियान सुरु हुँदै

भारतमा आजबाट कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु हुँदैछ । कोरोना महामारीकाबीच भारत सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु गर्न लागेको हो । यसअघि बेलायत, अमेरिका, चीन लगायतका विभिन्न ३४ भन्दा बढी मुलुकमा कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु भइसकेको छ । सरकारले खोप अभियानको पहिलो दिन आज ३ करोड स्वास्थ्यकर्मी, अग्रस्थानमा खटिनेहरुलाई दिने बताएको छ । सरकारको यस खोप अभियान अन्तर्गत पहिलो चरणमा ३० करोड नागरिकलाई खोप दिइने छ । यस्तै कोरोना सङ्क्रमणको चपेटामा आउन सक्ने उच्च जोखिम उमेर समूह ५० वर्षभन्दा बढीका २७ करोड नागरिकलाई दोस्रो चरणमा खोप दिइने छ । खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गर्नुहुनेछ । मोदीले ट्वीट गर्दै खोप अभियानको बिहान साढे १० बजे भिडियो कन्फ्रेन्समार्फत सुरु गर्ने र खोप लगाउने स्वाथ्यकर्मीसँग पनि कुराकानी गर्ने जानकारी दिनुभएको छ । भारत विश्वकै दोस्रो कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक हो । जहाँ अमेरिकापछि सबैभन्दा बढी एक करोड ५४ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ब्राजिलपछि सबैभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका कारण १ लाख ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार