झाडापखालाका कारण गुल्मीमा एकको मृत्यु १सय ९० बिरामी

झाडापखालाका कारण गुल्मीमा एकको मृत्यु १सय ९० बिरामी

स्वास्थ्यसमाचार
जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटमा फैलिएको झाडापखलाका कारण एक वालकाको मृत्यु भएको छ । झाडापखालाका कारण १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको हो ।गत १० गते देखि फैलिएको झाडापखलाका कारण बिरामी हुनेको संख्या १सय९० पुगेको छ ।

अहिले दिसा र पानीको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको छ । झाडापखला फैलिएपछि अध्ययनको लागि प्रभावित क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले नमुना संकलन गरी फर्किएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

विरामी मध्ये तीनजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको डाक्टर उत्तम पच्याले जानकारी दिए । एकजनाको चितवनमा उपचार भइरहेको छ भने अन्यको स्थानीय अस्थायी स्वास्थ्य शिविरमै उपचार भइरहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिवी जिसीले जानकारी दिए ।

शनिबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले पानीमा कोलिफर्म भेटिएको रिपोर्ट पठाएको थियो । बिरामीहरूलाई अहिले पानी उमालेर पिउने व्यवस्था मिलाइएको नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार