रातमाटा मगर समाजले जित्यो खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि

रातमाटा मगर समाजले जित्यो खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि

नेपाल तरुण दल रामेछाप नगरपालिका २ देउरालीले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रातमाटा मगर समाजले जितेको छ । ’स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने अभियानका साथ यहि पुस २४ र २५ गते भएको खेलमा रातमाटा मगर समाजले प्रथम स्थान हासिल गर्न सफल भएको छ । खेलमा प्रथम हुँदै रातमाटा मगर समाजले नगद २० हजार सँगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगीतामा द्धितिय स्थान हासिल गर्न सफल साँघुटार वेशी युवा क्लबले नगद १५ हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल लाम्टे मगर समाजले नगद १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा रामेछाप र ओखलढुंगा जिल्लाका गरि ९ टिमले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार