रामेछापमा कोरोनाका १६ जना सक्रिय सङ्क्रमित आईसोलेसनमा

रामेछापमा कोरोनाका १६ जना सक्रिय सङ्क्रमित आईसोलेसनमा

रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । शनिबार आएको रिपोर्ट अनुसार दोरम्बा गाउँपालिकाको स्वास्थ्य चौकी दोरम्बामा कार्यरत २० वर्षीया महिला स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यो सङ्गै रामेछापमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २१९ जना पुगेको छ । यसमध्ये दुई सय तीन जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । जिल्ला अस्पताल रामेछापमा दुईजना, मन्थली नगरपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा ११ जना गरी १६ जना कोरोनाका सक्रिय सङ्क्रमितको अहिले आइसोलेशनमा उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा हालसम्म दुईहजार ५२६ जनाको स्वाब परीक्षण गरिएकोमा दुई हजार ३०४ जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार