रामेछापमा थप एकजनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप एकजनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४० वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । यो सङ्गै रामेछापमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २१७ जना पुगेको छ । यसमध्ये दुई सय तीन जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । अहिले जिल्ला अस्पताल रामेछापमा दुईजना, मन्थली नगरपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा ९ जना गरी १४ जना कोरोनाका सक्रिय सङ्क्रमितको अहिले आइसोलेशनमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार