गाउँपालिकामा धमाधम विकासका कामहरु हुँदै छन : कार्यवाहक अध्यक्ष दाहाल

गाउँपालिकामा धमाधम विकासका कामहरु हुँदै छन : कार्यवाहक अध्यक्ष दाहाल

रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका कार्यवाहक अध्यक्ष दिपशिखा दाहालसंग गाउँपालिकामा भएका विकास निर्माण लगायत गाउँपालिकाले गरिरहेको गतिविधीको सवालमा रहेर गरिएको कुराकानीको सम्पादीत अंश  : 

रामेछाप जिल्लामा भएका स्थानीय तहहरुको दाजोमा लिखु तामाकोसी गाउँपालिकामा केही महिना अगाडीसम्म विवादै विवादमा रह्यो । अहिले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाली रहनु भएको छ, जन अपेक्षित कामहरु पनि विगतमा खासै हुन सकेको देखिएन । अहिले कस्तो अवस्थामा चलिरहेको छ ?

पहिले नीति र कानुनहरु हामी कहाँ पर्याप्त थिएनन् । अहिले लगभग ३० वटा कानुन पास गरिसकेका छौं । राजपत्रमा आउने क्रम जारी छ । त्यो कानुनलाई टेकेर योजनाका कामहरु, नीतिगत कामहरु, प्रशासनिक कामहरु, संस्थागत कामहरु अगाडी वढेका छन् र ठुलाठुला विकास निर्माणका कामहरु चाही गत असोज १८ गते वजेट ल्यायौं त्यस लगत्तै दशैं तिहार भएकोले त्यो काम हुन सकेका छैनन् । दैनिक गर्ने कामहरु कर्मचारीहरुको तलव भत्ता, सामाजिक सुरक्षा भत्ता, पालिकामा आई पर्ने कामहरु र संघसस्थाहरुसँग समन्वय गरेर गर्ने काम भईराखेको छ । आजभोली उपभोक्ता समिति गठन गर्ने काम धमाधम अगाडी वढिरहेको छ ।

अहिले विकास निर्माणका सबै कामहरु ठेक्का प्रक्रियावाट अगाडी वढाउने कुरामा जोड आईरहेको छ भन्नेकुरा पनि वाहीर आएका छन् । के यो हल्लामात्रै होकी उपभोक्ता समिति गठन गरेर अगाडी बढाईने हो प्रष्ट पारिदिनुहोसन ।

हामी सवैको सहमतिवाट गाँउसभाले वजेट विनियोजन गर्दा गाँउपालिकाको दैनिक प्रशासन चल्ने भवन, १५ शैयाका अस्पालत, सडक पिच, वडा कार्यालयका भवनहरु जस्ता शीर्षकहरुमा वजेट विनियोजन भएको र यो शीर्षक चाही उपभोक्ता समितिवाट भन्दा टेन्डर प्रक्रियावाट ग¥यो भने अगाडी वढ्न सकिन्छ र त्यो कानुनी प्रावधानमा पुगेर पनि आउन सक्छ भन्ने हिसावले ३० लाख भन्दा माथीको टेन्डर गर्ने भनेका छौं । अरु योजनाहरु गाउँपालिकाको भवन निर्माण र १५ शैयाको अस्पताल निर्माणको लागि २÷२ करोड, धोवी वजारको विकासका लागि ८० लाख छुट्याएका छौ त्यो पनि टेन्डर प्रक्रियावाट नै जानुपर्छ भनेका छांै । अन्य सानातिना विकास निर्माणका काम भने उपभोक्ता समितिबाट नै गर्ने तयारीमा छौं । अघिल्लो वर्ष वडा नं. ५ को काम शूरु भएको थियो त्यो क्रमागतमा चलेको छ । वडा नं. ४, २ र ३ मा यसपालि वजेट विनियोजन भएको छ त्यसको टेन्डर प्रक्रियावाट अगाडी वढ्छ ।

रामेछाप जिल्लाका सबै पालिकाले भवन निर्माण गरेर पालिकाका कार्यालयहरु ब्यवस्थापन गरिसकेका छन् । लिखु तामाकोसी गाउपालिकाले भवन बनाउने प्रक्रियालाई पनि अगाडी वढाईरहेको छ । गाउँपालिकाको भवन निर्माण गर्न पालिकाको कार्यालय रहने केन्द्रविन्दुको विषयमा विवाद रहेको थियो, अहिले टुंगो लागिसकेको हो ?

धोवी बजारमै पालिका राख्ने गरि जग्गादाताको खोजी भईरहेको छ र पहिलो गाउँसभाबाटै किटान गरेर एरिया तोकेको छ पूर्व, पश्चिम, उत्तर, दक्षिण भनेर धोवी बजारको आसपासमा नै पालिका भवन निर्माणको लागि वडा अध्यक्षहरु लागि राख्नु भएको छ ।

हरेक वडामा उपभोक्ता समिति गठन गर्ने काम धमाधम भइरहेका छन्, विकास निर्माणको काम पारदर्शी बनाउन के कस्तो निर्देश गर्नु भएको छ ?

हामीले उपभोक्ता समिति गठन गर्ने भनेर एउटा ऐन पास गरेका छौं त्यो ऐन अनुसार वडा अक्ष्यक्ष ज्यूहरु, जनप्रतिनीधी ज्यु, सदस्यज्यूहरुको रोहवरमा उपभोक्ता समिति बनाउने, ऐन पढेर सुनाउने, त्यसमा क्राइटएरियाहरु छन् त्यही भित्र रहेर उपभोक्ता समिति वन्ने र ती उपभोक्ता समिति मार्फत कसरी कामहरु अगाडी वढाउनु पर्छ, कार्यक्रम कसरी गर्नु पर्छ यसको फरछ्यौंट कसरी गर्नुपर्छ भन्ने जानकारी दिन १÷१ दिने अनुशिक्षण कार्यक्रम पनि राखेका छांै ।

यहाँहरुको पालिकामा विकास निर्माणसँग जोडिएका ठूला योजनाहरु सडक कालोपत्रे लगायत अन्य के कस्ता योजना रहेका छन् ?

हाम्रो गाउँपालिकावाट अहिलेसम्म एउटापनि टेन्डर भएको छैन तर प्रदेश सरकार, संघीय सरकार अन्तर्गतका योजनामा धोवी, सिरीसे ढाडे सडकको पनि वजेट प्रदेश सरकारको वजेट वैकमा देखिएको छ । त्यो टेन्डर भएर आउछ होला । अनि काम अगाडी वढ्छ । अर्को धोवी, दिलौरी, सैपु, दुरागाँउ भन्ने सडक छ त्यो सडकमा पनि ३ वटा प्याकेजमा टेन्डर भएर भर्खरै काम शुरु गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार