रामेछाप साँघुटार थाक्लेमा शहरी स्वास्थ्य केन्द्र सन्चालनमा

रामेछाप साँघुटार थाक्लेमा शहरी स्वास्थ्य केन्द्र सन्चालनमा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारको थाक्लेमा शहरी स्वास्थ्य केन्द्र सन्चालनमा आएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले स्वास्थ्य केन्द्रको उद्धघाटन गर्नुभएको हो । सहरी स्वास्थ्य केन्द्र सन्चालन आएपछि वडा नम्बर २ र ३ का नागरीकहरुलाई निकै फाईदा पुग्ने छ । शहरी स्वास्थ्य केन्द्रबाट नियमित रुपमा गर्भवती जाँच, सुत्केरी जाँच, प्रसुति, परिवार नियोजनका साधन, परामर्श, खोप जस्ता सेवाहरु दैनिक रुपमा प्रदान गरिने छ । थाक्लेमा स्वास्थ्य केन्द्र सन्चालनमा आएपछि आफुहरुलाई निकै फाईदा पुग्ने भन्दै स्थानियहरु खुशि भएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार