सुकारजोर वडाको सेवा अब नयाँ भवनबाट

सुकारजोर वडाको सेवा अब नयाँ भवनबाट

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोर वडाकार्यालयबाट प्रवाह हुने सेवा तथा सुविधाहरु अब नयाँ भवनबाट सन्चालन भएको छ । तत्कालिन गाविस भवन रहेको पुरानो भवनबाटै सेवा प्रवाह हुँदै आएकोमा अब भने वडाकै पक्किै भुकम्प प्रतिरोधि भवनकाटै सेवा प्रवाह गरिएकोे वडा अध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । सोमबार एक कार्यक्रमको आयोजना गरी रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले भवनको उद्धघाटन गर्नुभयो । ४५ लाखको लागतमा बनेको एकतले पक्की भवनमा तीन वटा कोठा र सभाहल रहेको छ । भवन उद्धघाटन कार्यक्रममा उपप्रमुख सृजना खड्का , प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार