सशस्त्र प्रहरी बल रामेछापको भवन शिलान्यास

सशस्त्र प्रहरी बल रामेछापको भवन शिलान्यास

रामेछापको सदरमुकाम मन्थली नजिकै आकाशे पुलको माथिल्लो भागमा सशस्त्र प्रहरी बल रामेछापको नयाँ भवनको शिलान्यास गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र सशस्त्र प्रहरी बल मन्थलीका प्रमुख डिएसपी केशवराज प्याकुरेलले संयुक्त रुपमा भूमि पूजन गरी भवनको शिलान्यास गर्नु भएको हो । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछाप अस्थायी रुपमा मन्थली स्थित रामेछाप विमानस्थलमा रहँदै आएको थियो । भवन निर्माणको काम चालु आर्थिक वषकै असार महिनाको अत्यसम्म सम्पन्न गर्ने लक्ष्य निर्माण व्यवसायीको रहेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकले भवन निर्माणका लागि आवश्यक बजेटको प्रबन्ध गरेको हो । निर्माणको जिम्मा शिवालय सिद्धगढी जेभिले लिएको छ । कुल १ करोड ८२ लाखाको बजेटमा ६ वटा पक्की ट्रस्ट विल्डिङ बन्ने निर्माण पक्षको जिम्मा लिनुभएका स्थानीय निर्माण व्यवसायी देवराज पाण्डले जानकारी दिनुभयो । नयाँ भवन बनेसँगै जिल्लाको शान्ति सुरक्षामा समेत थप मद्दत पुग्ने सशस्त्र प्रहरी बल रामेछापका प्रमुख डिएसपी केशवराज प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार