सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

विश्वको सर्वोच्चशिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने भएको छ । नापी विभागले गरमाथाको नयाँ उचाइ घोषणा गर्न लागेको हो । घोषणा कार्यक्रको टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ । गत मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएपछि आज नयाँ उचाइबारे जानकारी दिन लागिएको हो । चीन र नेपालको सहमतिमा एकसाथ नयाँ उचाइ घोषणा गर्ने तयारी गरिएको छ । विभाग स्रोतका अनुसार सगरमाथाको उचाइ बढेको छ।नेपालले गत वर्ष पहिलोपटक आफ्नै स्रोतसाधनको उपयोग गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो। नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली उचाइ मापन पूरा गरेर गत वर्षको जेठ महिनामा काठमाडौं फर्किएको थियो। उनीहरुले सगरमाथाको चुचुरोमा एक घण्टाभन्दा बढी समय बिताएर अध्ययन गरेका थिए।गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा नेपाल र चीनका राष्ट्राध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार