पहाडीसहित विभिन्न स्थानको मौसमसामान्य बदली हुने

पहाडीसहित विभिन्न स्थानको मौसमसामान्य बदली हुने

मुलुको पहाडीसहितविभिन्न स्थानको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली रहेको र त्यसको केही प्रभाव नेपालमा पनि परेको मौसमविदले बताएका छन् ।अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अरु स्थानमा मौसम सामान्यतय सफा छ ।आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली हुनेछ ।अरु स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार