भटौलीका आगलागी पीडितलाई रामेछाप प्रशासनद्धारा २ लाख राहत प्रदान

भटौलीका आगलागी पीडितलाई रामेछाप प्रशासनद्धारा २ लाख राहत प्रदान

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख रुपैयाँ राहत प्रदान गरेको छ । शनिबार भएको आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल पीडितको घरमै पुगेर राहत प्रदान गरेको हो । आगलागी पीडित कृष्ण रम्तेललाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राहत स्वरुप २ लाख नगद प्रदान गर्नुभएको छ । प्रजिअ शर्माले उक्त घटनाप्रति दुख व्यक्त गर्नभएको छ । शनिबार रम्तेको घरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागीमा परी पाँच बर्षिय सुजन रम्तेलको मृत्यु भएको थियो । पीडित परिवारलाई रामेछाप रेडक्रसले १ सेट फेमिली किट त्रिपाल,मण्डी, १ सरो लत्ताकपाडा तथा भाडावर्तन उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार