रामेछापमा प्लाष्टिक मालाको ब्यापार फष्टाउदै

रामेछापमा प्लाष्टिक मालाको ब्यापार फष्टाउदै

पछिल्लो समय स्थानीय स्तरमा उत्पादन हुने परम्परागत फूलहरु लोप हुदै गएका छन् । देख्दा राम्रो र किन्दा सस्तो पर्ने भएपछी रामेछापमा पलाष्टिकका मालाहरु भित्रिन थालेका हुन । तिहार नजिकिदै गर्दा सदरमुकाम मन्थली , रामेछाप बजार लगायत स्थानीय हाटबजार क्षेत्रमा रहेका पसलहरुमा प्लास्टिकका फूलमालाले पसलहरु भरिपुर्ण देखिन्छन् । रामेछापका स्थानीय स्तरमा पूmलहरु उत्पादन भएपनी स्थानीय उत्पादनका फूलहरु भन्दा बनीबनाउका प्लाष्टिकका माला भित्राउन राम्रो हुने भन्दै पसलेहरुले प्लाष्टिकका मालाहरु भित्राएका हुन् । सदरमुकाम लगाएतका स्थानीय हाट बजारमा यस्ता खाले मालाहरु भित्राउन त ठिकै हो तर गाउँगाउँमा पनी प्लाष्टिक मालाहरु भित्¥याउदा स्थानीय स्तरमा उत्पादन भएका पूmलहरु लोप हुदै गएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार