रामेछाप नगरपालिकामा यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा हुने

रामेछाप नगरपालिकामा यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा हुने

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन हुने भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन्न हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा यहि कार्तीक २३ गतेदेखि सन्चालन गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख सुकदेव नेपालले जानकारी दिनुभयो । रामेछाप नगरपालिका अन्तर्गत रहेका ५ वटा माध्यमिक विद्यालयहरुले कोरोनाका कारण रोकिएको कक्षा ११ को वार्षिक परिक्षा कार्तीक २३ गतेदेखि सन्चालन गर्ने छन । नगरपालिका भित्र रहेका गौरीशंकर मावि , चण्डेश्वर मावि , हिमगंगा मावि , रेणुकादेवी मावि र जनता मावि लगायतका विद्यालयहरुमा परिक्षा सञ्चालन गरिने छ । यस वर्ष नगरपालिकाका लगभग ५ सय विद्यार्थीले कक्षा ११ को परीक्षा दिने शिक्षा शाखा प्रमुख नेपालले बताउनुभयो । सबै विद्यालयमा अध्यनरत सम्पुर्ण नियमीत तथा आंसिक विद्यार्थीहरुले परिक्षामा सामेल भई स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ । यदि परिक्षा छुट्न गएमा पुन परीक्षाको व्यवस्था नभएकाले विद्यार्थी स्वयं जिम्मेवार हुने सम्बन्धित विद्यालयहरुले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार