मन्थली नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु

मन्थली नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु भएको छ । कोरोना भाईरस कोभिड–१९ का कारण रोकिएका माध्यमिक विद्यालय तह कक्षा ११ को परिक्षा आजदेखि सुरु भएको हो । मन्थली नगरपालिका अन्गर्त रहेका ७ वटै माध्यमिक विद्यालयहरुले कोरोनाका कारण रोकिएको कक्षा ११ को वार्षिक परिक्षा आज बिहान ८ बजेदेखि सुरु गरेका छन । नगरपालिकाभित्र रहेका निलकण्ठेश्वर माध्यमिक विद्यालय कठजोर, सेतीदेवी माध्यमिक विद्यालय सालु, रुद्राक्षश्वर माध्यमिक विद्यालय मुगिटार, भीमेश्वर रुद्रा माध्यमिक विद्यालय चिसापानी, शारदादेवी माध्यमिक विद्यालय गेलु र कालिदेवी माध्यमिक विद्यालय पोखरी लगायतका विद्यालयहरुमा परिक्षा सञ्चालन गरिएको छ । कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सन्चालन गरिएको बताइएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले परीक्षा सन्चालन भएका विद्यालयमा पुगेर अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार