कोरोना महामारीमा दसैको रमाइलो घट्यो

कोरोना महामारीमा दसैको रमाइलो घट्यो

हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी पर्व भने कोरोनाको कहरका कारण गाउँघरमा त्यति रमाइलो छैन । घटस्थापना शुरु भएपछि गाउँघरमा दसैँ पर्वको छुट्टै रौनक हुन्थ्यो । रोजगार, अध्ययनका साथै विभिन्न कामको शिलशिलामा देश तथा विदेशमा रहेका नेपाली आफ्ना घर फर्किँदा घरपरिवार तथा गाउँघर नै भरिभराउ हुने गर्दथ्यो । आफन्तमा एक प्रकारको खुसीयाली र उमङ्ग छाउँथ्यो । यसपटक भने महामारीको त्रासका कारण बाहिर रहेका नेपाली आफ्नो गाउँघर त्यति फर्किएका छैनन् । गाउँमै भएका नागरिक पनि एक अर्काबीच सँगै रहेर खुसीयाली साट्न नपाउँदा गाउँघर नै सुनसान जस्तै बनेको छ । विश्वलाई नै प्रभावित बनाएको कोरोना भाइरस सङ्क्रमणले माहामारीको रुप लिँदै गएपछि त्यसको कहरमा हाल नेपाल पनि परेको छ । यसका कारण दसैँको उत्साह र रमाइलोले गाउँघरमा कमैलाई मात्र छोएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार