मुलुकमा पछिल्लो २४ घण्टामा एकसय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी सङ्क्रमण दर भएको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्यमन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशतअर्थात् ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा ५८.२० प्रतिशतअर्थात् २ हजार ५ सय ४० जना रहेका छन् । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेका अनुसार यो निकै नै गम्भीर अवस्था हो । पछिल्लो समय महिला सङ्क्रमित हुने क्रमपनि बढेको छ । बिहीबार पुष्टि भएका कुल सङ्क्रमित मध्ये ३५.७६ प्रतिशत महिला रहेका छन् ।
हालसम्म सङक्रमण पुष्टि भएका मध्ये २९ प्रतिशत महिला रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पीसीआर परीक्षण बढाइएपछि सङक्रमित धेरै फेला परेकाभन्दै पाण्डेले उपत्यकाबाहिर कोभिड परीक्षण कमभएर सङ्क्रमण बढी नदेखिएको हुनसक्ने बताउनुभयो ।
यसैबीच,स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमण तीब्र गतिमा बढेको भन्दै दशैँका बेलाभिडभाड नगर्न तथा सार्वजनिक स्थानमापिङ नहाल्नआग्रह गरेको छ । हिजो नियमितपत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो आग्रह गर्नुभएको हो । आवत जावत र भीडभाड चुनौतीपूर्ण भएको भन्दै यसपालिको दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पूजागर्ने व्यवस्था मिलाउन पनि सरकारले आग्रह गरेको छ ।