रामेछापका २७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी,४१ जना क्वारेन्टिनमा

रामेछापका २७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी,४१ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अब २७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ५६ जना मध्ये ४३ जना कोरोना मुक्त भईसकेका छन । कोरोना संक्रमित १३ जनाको उपचार भईरहेको छ । जिल्ला अस्पतालमा २ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना र रामेछाप नगरपालिकाको आइसोलेशनमा ५ जना गरि १३ जना संक्रमितको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

अहिलेसम्मसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ५५ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा १ सय ३४ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा ४१ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ४१ जना क्वारेन्टिनमा रहेका छन । ७ जना महिला र ३४ जना पुरुष गरी ४१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकामा १ ,उमाकुण्ड गाउँपालिकामा ५ , गोकुलगंगा गाउँपालिकामा २६ र लिखुतामाकोशी गाउँपालिकामा ९ जना गरी जिल्लाभर ४१ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप नगरपालिका , दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार