राष्ट्रियसभा सदस्य वामदेव गौतमद्धारा सपथ ग्रहण

राष्ट्रियसभा सदस्य वामदेव गौतमद्धारा सपथ ग्रहण

राष्ट्रियसभाको सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष गौतमलाई आज राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको थियो । अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ । गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताउनुभएको छ । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गर्नुभयो । राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उहाँले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार