बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने

बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने

बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा विहिबार बसेको बैठकले कोरोनाको जोखिम बढदै गएकाले प्रदेश अन्तर्गतका अस्पतालहरुलाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको हो । प्रदेश अन्तर्गत रहेको अस्पताललाई थप व्यवस्थापनमा सहज बनाउन थप बजेट उपलब्ध गराउने निर्णय भएको बताइएको छ । कोरोना नियन्त्रण र रोकथामको लागि प्रदेश अन्तर्गत रहेको जिल्ला अस्पताल रामेछापलाई पचास लाख दिने निर्णय भएको बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार