विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या दुई करोड ४३ लाख

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या दुई करोड ४३ लाख

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या साढे दुई करोड नजिक पुगेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण २ करोड ४३ लाख ३१ हजार ५ सय भन्दा बढी मानिसहरु सङ्क्रमित भएका छन् । चीनको वुहानबाट सुरु भएको भाइरसका कारण पछिल्लो ८ महिनामा ८ लाख २९ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने निको हुनेको संख्या उत्साहजनक रहेको छ । हालसम्मविश्वभर कोरोनाभाइरसकाकारण सङ्क्रमित भएका मध्ये १ करोड ६८ लाख ७२ हजारभन्दा बढी मानिसहरु स्वस्थ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार