सरकारको गलत नीतिका कारण कोरोना भाइरसको सङ्क्रमण बढेको काँग्रेसको ठहर

सरकारको गलत नीतिका कारण कोरोना भाइरसको सङ्क्रमण बढेको काँग्रेसको ठहर

प्रमुखप्रति पक्षीदल नेपाली काँग्रेसले सरकारको गलत नीतिका कारण कोरोना भाइरसको सङ्क्रमण बढेको ठहर गरेको छ । काँग्रेसका सहमहामन्त्री तथा कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाश शरण महतले प्रेस नोटजारी गर्दै सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्दगर्ने बाहेक कोरोना सङ्क्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कमगर्न कुनै ठोस योजना ल्याउन नसकेको दावी गर्नुभएको छ । पार्टीले कोरोना सङ्क्रमण रोक्ने उपाय र यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधनगर्न सरकारले चाल्नु पर्ने कदमहरुका बारेमा निरन्तर खबरदारी गर्दै आएपनि सरकारबाट सुनुवाइ हुन नसकेको उहाँले आरोप लगाउनुभएको छ । सरकारकै संवेदनहीनताका कारण सङ्क्रमण नियन्त्रण भन्दा बाहिर गएको र नागरिकको जीवन संकटमा पुगेको उहाँको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार