आज पनि सरकारले नेपालीका लागि उद्धार उडान गर्दै

आज पनि सरकारले नेपालीका लागि उद्धार उडान गर्दै

सरकारले आज पनि विदेशमा रहेका नेपालीका लागि उद्धार उडान गर्ने भएको छ । आज माल्दिभ्स, कतार, कुवेतबाट उद्धार गरिनेछ । आज ५ सय यात्रु नेपाल ल्याइनेछ । नियमित उडान जापानबाट हुनेछ । मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ । भदौ १६ गतेदेखि हुने नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिजो नियमित र विभिन्न देशबाट हुने चार्टर्ड उडानको तालिका बनाएर यसअनुसार मिलाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो । भदौ १७ सम्मको नियमित उडान तालिका सार्वजनिक भएको छ । पीसीआर परीक्षण सहज नभएका देशबाट नियमित उडान नभई चार्टर्ड उडान नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार