नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्युहुनेको संख्या १ सय ५ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्युहुनेको संख्या १ सय ५ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्युहुनेको संख्या १ सय ५ पुगेको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै मृत्युहुनेको संख्या १ सय ५ पुगेको हो । गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ६० वर्षका पुरुषको निधन भएको अस्पतालले जनाएको छ । काठमाडौंस्थायी घर भएका उनको हिजो अपरान्हउपचारको क्रममा निधन भएको थियो ।

मिर्गौलाको डायलाइसिस गराइरहेका चार जनाले जिते कोरोना

पर्सामा चार जना मिर्गौलाका बिरामी कोरोना सङ्क्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । मिर्गौला फेल (इन्ड स्टेज रिनल डिजीज) भई हेमो(डायलाइसिस गराइरहेका ४ जना दीर्घरोगी कोरोना जितेर अस्पतालको आईसीयूबाट घर फर्किएका हुन् । मिर्गौला फेल भएर डायलाइसिसको सेवा लिइरहेका बिरामीहरुले कोरोनालाई जितेर घर फर्किएको यो घटनाले सकारात्मक सन्देश प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार