चलचित्र एल हाउसबाट नेपाली चलचित्रमा उदाउदै रामेछापेली चेली

चलचित्र एल हाउसबाट नेपाली चलचित्रमा उदाउदै रामेछापेली चेली

रामेछाप जिल्लाको सुनापति गाउपालिका ५ खनियापानीका २३ बर्षिया रनिला श्रेष्ठ नेपाली चलचित्र एल हाउसमा नव नायिकाका रुपमा उदाउने भएकी छिन । यस अघि छोटा भिडियो र म्युजिक भिडियोमा खेलेको भएता पनि पहिलोपटक एल हाउसबाट नवनायिकाको रुपमा नेपली चलचित्रमा पहिलोपटक देखिने भएकी छिन । युवा राजनिति र पत्रकारीतमा चासो राखेर सक्रिय बन्दै आएकी श्रेष्ठ नेपाली चलचित्रको पर्दामा नवनायिकाको रुपमा देखिने छिन ।

नायक किशोर खतिवडाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र एल हाउसको छायांकन अन्तिम चरणमा पुगेको छ । शत्रुधन अन्सारी र राम महर्जनको निमांण रहेको चलचित्रमा नेपाली समाज भित्रको समसामयिक र यथार्थपरक बस्तु स्थितिलाई समेटेर चलचित्र निर्माण गरिएको चलचित्रका नायक किशोर खतिवडाले बताए ।

लकडाउनको समयाबधिमा निर्माण गरिएको उक्त चलचित्रमा लकडाउनको अवस्था, राजनैतिक परिबेशहरुलाई सामाजिक दुरीलाई कायम गर्दै चलचित्रमा उतारिएको निर्मा कार्य जुटेकी चलचित्रकी प्रस्तुत कर्ता कला राइले बताइन । उक्त चलचित्रमा दिवश गुरुङको छायाँकन, देव महर्जनको द्धन्द्ध, शिषम राइको श्रृङगार, राजन महर्जनको कोरियोग्राफि, विश्वास भण्डारीको सम्पादन रहेको छ ।

उक्त चलचित्रमा किशोर खतिवडा, नवनायिका रनिला श्रेष्ठ, दिप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुवर, महेन्द्र कुमार राई, पदम सुनार, प्रबेश लिम्बु, बसन्त बर्माको अभिनय रहेको छ । चलचित्रमा ३ वटा गित रहेका छन । गितमा संगित राजु लामा र छाँया प्रसाइ दिएका छन भने राजु लामा र कृष्ण प्रसाइको स्वर रहेको छ । चलचित्रको छाँयाकनको प्राय सक्कि सकेकाले अब चाडै सार्वजनिक गर्ने तयारीमा चलचित्रको टिम लागि परेको नव नायिका श्रेष्ठले जानकारी दिइन । उनले चलचित्रमा आफुले नव नायिकाको भुमिका पाउदा खुशी लागेको बताइन । नायिका श्रेष्ठ जिल्लामा तरुणदल र नेपाल प्रेस युनियनमा समेत आवद्ध भएर सक्रिय रहेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार