समुदायस्तरमा कोरोना फैलिए नफैलिएको पत्ता लगाउन वृहत जाँच सुरु

समुदायस्तरमा कोरोना फैलिए नफैलिएको पत्ता लगाउन वृहत जाँच सुरु

समुदायस्तरमा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुगेनपुगेको पत्ता लगाउन वृहत जाँच सुरु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिएर काम सुरु गरेको छ । वीरगञ्ज र विराटनगरमा समुदायमा सङ्क्रमण फैलिएको स्थानीय चिकित्सकहरूले बताउने गरेका भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औपचारिक रुपमा स्वीकार गरेको छैन । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का अधिकारीहरूले भने समुदायमा व्यापक नभई समूहमा सङ्क्रमण देखिएको बताएका छन् ।

सेरोलजिकल जाँच गर्न लागिएको र यसले सङ्क्रमण समुदायस्तरमा पुगे नपुगेको पत्ता लगाउने स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले बताउनुभयो । सातवटै प्रदेशका विभिन्न उमेर समूहका मानिसको ३–५ मिलिलिटर रगत संकलन गरि राष्ट्रिय जनश्वास्थ्य प्रयोगशामा त्यसको परीक्षण गर्ने तयारी भएको छ । एउटा प्रदेशबाट ४ सय जनाको नमूना सङ्कलन गर्ने तयारी भएको छ । अनुसन्धानको नतिजा २ हप्तामा आउने गरी व्यवस्था मिलाउन महाशाखालाई भनिएको डा कार्कीले जानकारी दिनुभयो । परीक्षणमा कोरोना परीक्षण नगरेका तथा यसअघि परीक्षण गर्दा नेगेटिभ आएकाहरू सहभागी हुनेछन् । उनीहरूको शरीरमा इम्युनोग्लोबुलिन जी ९आईजीजी० एन्टीबडी भए नभएको हेरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार