देशका ६ जिल्लाका पशुमा लम्पी स्किन रोग देखियो

देशका ६ जिल्लाका पशुमा लम्पी स्किन रोग देखियो

भारतसँग सीमा जोडिएका ६ जिल्लाका पशुमा ’लम्पी स्किन’ रोग देखिएको छ । प्रदेश एकका मोरङ, झापा र सुनसरी प्रदेश दुईको रौतहट र वाग्मती प्रदेशका चितवन र मकवानपुरमा किसानले पालेका गाईभैँसीमा लम्पी स्किन रोग देखा परेको पशु सेवा विभागले जनाएको हो । अहिलेसम्म दुई हजारभन्दा बढी गाईमा यो रोग देखा परेको विभागका महानिर्देशक डा. वंशी शर्माले जानकारी दिनुभयो । यो रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षण देखा पर्ने उहाँले बताउनुभयो । विभागका अनुसार १२ वटा गाई यो रोगका कारण मरिसकेका छन् । सुरुमा गाईमा मात्रै देखिएको यो रोग चितवनमा भने भैंसीमा पनि फैलिएको केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. डिकरदेव भट्टले जानकारी दिनुभयो । यो रोग लागेपछि गाईभैंसीले कम दूध उत्पादन गर्ने भट्टले बताउनुभयो । यसले करिब ८० प्रतिशतसम्म दूध उत्पादन घटाउन सक्ने उहाँले बताउनुभयो । यसको मृत्युदर एक देखि १० प्रतिशतसम्म रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार