रामेछाप गोकुलगंगामा एक महिलाको शव फेला

रामेछाप गोकुलगंगामा एक महिलाको शव फेला

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । गोकुलगाउँपालिका वडा नम्बर ३ धारापानी स्थित खिम्ती खोलाको किनारामा महिलाको शव फेला परेको प्रहरी चौकी ठोेसेले जानकारी दिएको छ । सोहि गाउँपालिकाको वडा नम्बर १ चुचुरेकी अन्दाजी वर्ष ५५ की ठुलोकान्छी गुभाजु खोलाको किनारामा मृत भेटिएको प्रहरीले जनाएको छ । घरबाट साउन ११ गतेदेखि बेपत्ता रहेकी गुभाजु आज मृत अवस्था फेला परेकी हुन । घटनाको बारेमा अनुसन्धान भईरहको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार