सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा बेपत्ता भएका १० मध्ये ५ जनाको शव फेला

सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा बेपत्ता भएका १० मध्ये ५ जनाको शव फेला

अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा पुरिएका ८ कामदार मध्ये ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान हुन बाँकी छ । बिहान साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता हुनेहरुमा राजेन्द्र चौरसिया, प्रदिप चौरसिया, राजेश चौधरी, विक्रम थिङ, मनबहादुर रुम्बा, सिमन घलान, शिव बालक धामी, सोनाम लामा छन् भने बारु शाहको उद्धार गरिको छ ।

मेलम्ची नगरपालिकामा निर्माणधिन कर्भडहलमा कार्यरत ८ जना कामदार पहिरोमा पुरिएका हुन् । कर्भडहलमा काम गर्ने कामदार बस्ने जस्ताको टहरो आधा पुरिएको प्रहरीले जानकारी दिएको छ । पहिरोले पुरिएका मध्ये एक जनाको सकुशल उद्धार गरिएको हो । नेपाली सेना, प्रहरी र स्थानीयले बेपत्ताहरुको उद्धारमा खटिएका छन् । यस्तै, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवामा पहिरोमा २ जना बेपत्ता छन् । स्वास्थ्य चौकी नजिकैबाट बगेको पहिरोमा परी यज्ञबहादुर क्षेत्री र लक्ष्मी क्षेत्री वेपत्ता हुनुभएको हो । वडा अध्यक्ष पासाङ तामाङका अनुसार घर सहित दुवैजना पहिरोमा पुरिएका हुन् । बिहान ३ बजेको समयमा त्यहाँ पहिरो गएको बताइएको छ । बिहानैबाट स्थानीय खोज तथा उद्धारमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार