बसको ठक्करबाट रामेछापका प्रहरी हबल्दार थापाको मृत्यु

बसको ठक्करबाट रामेछापका प्रहरी हबल्दार थापाको मृत्यु

चितवनमा बसको ठक्करबाट रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ घर भएका अर्जुन कुमार थापाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्तीनगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार समेत रहेका थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने क्रममा सवार प्रदेश ३–०३–००१ प् ६३२५ नम्बरको स्कुटरलाई बसले बिहीबार साँझ ठक्कर दिएको थियो । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार