यो वर्षको विद्यालयको शैक्षिक सत्र भदौ एक गतेबाट सुरु हुने

यो वर्षको विद्यालयको शैक्षिक सत्र भदौ एक गतेबाट सुरु हुने

यो वर्षको विद्यालयको शैक्षिक सत्र भदौ एक गतेबाट सुरु हुने भएको छ । मन्त्रीपरिषद्को निर्णयले नयाँ विद्यार्थी भर्ना र कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या एकिन गरेर विद्यालय सञ्चालन गर्ने मन्त्रालयको प्रस्तावलाई स्वीकार गरेको हो । सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा चाँडै जारी गर्ने जानकारी पनि गराएको छ । २०७७ साल साउन १२ गते मन्त्रीपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विद्यालय सञ्चालनको लागि सरकारले गरेको निर्णय सार्वजनिक गर्नुभएको हो । निर्णयमा शैक्षिक सत्र २०७६÷७७ को नतिजा प्रकाशन गर्न बाँकी भएको भएमा नतिजा प्रकाशन गर्ने, भदौ एक गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको सख्यात्मक विवरण यकिन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

साथै भर्ना भएका विद्यार्थीको शैक्षिक विवरण उल्लेख गराउने र नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई पाठ्यक्रम वितरण गर्न बाँकी भए उपलब्य गराउने निर्णय पनि सरकारले गरेको छ । यस्तै विद्यालय सञ्चालनको लागि शिक्षक विद्यालय पुगिसक्ने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा जारी गर्ने, विद्यालय भवनलाई क्वारेनटाइन, आइसोलेशनको रुपमा सञ्चालन नगर्ने, क्वारेटाइन सञ्चालित विद्यालय भवन जो अहिले प्रयोगमा छैनन्, तोकिएको मापदण्ड बजोजिम, स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय भएको छ । यस्तै मन्त्री परिषद्ले विद्यालय, विद्यालय परिसर भित्र वा विद्यार्थी आगमनलाई प्रतिकुल असर पार्ने स्थलको निकट हुने गरी कोभिड–१९ उपचार, नियन्त्रण वा रोकथामको लागि कुनै पनि संरचनाहरु नराख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार