रामेछापको विहिबारे हाटमा भिडभाड खै त ? मास्क अनि समाजिक दुरी ?

स्थानिय सरकार किन मौन ?

रामेछापको विहिबारे हाटमा भिडभाड खै त ? मास्क अनि समाजिक दुरी ?

स्थानिय सरकार किन मौन ?

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ मा हरेक हप्ताको विहिबार हाट लाग्ने गर्छ । कोरोना भाईरसबाट बच्न सरकारले गरेको लकडाउनको बेला केहि हप्ता हाट नलागेपनि अहिले केहि हप्तादेखि निकै भिडभाडका साथ हाट लागिरहेको छ । सरकारले लकडाउन हटाएको घोषण गरेसँगै हाटमा किनमेल गर्ने र केहि व्यक्तिहरु घुमफिर गर्ने उद्धेश्यका साथ हाट बजारमा आउने गरेका छन । हाटमा उपस्थित भएका केहि व्यक्तिहरु बाहेक धेरैले न त मास्क लगाएका छन न त समाजिक दुरी नै कायम गरेका छन ।

सरकारले मास्क नलगाई हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार एक सय रुपैयाँ जरिवाना तिराउने भनेको छ । जिल्ला प्रशासन रामेछापले पनि मास्क नलगाउनेलाई कारबाहि गर्ने र जरीवाना समेत तिराउने भनिँरहँदा रामेछापको विहिबारे हाटमा भने प्रशासन र स्थानिय सरकारको खासै ध्यान गएको पाइदैन । यसमा नागरीक आफै सचेत हुनुपर्ने त हो तर हाट बजार लाग्ने ठाउँको ढोकामै रहेको रामेछाप नगरपालिकाले पनि कडाई गर्नेपर्ने थियो । सरकार र स्थानिय प्रशासनले बनाएको ऐन नियम र कानुनलाई कार्यन्वयन गराउने दायित्व स्थानिय सरकारको पनि हो तर कोरोनाको यो परिस्थतीमा विहिबारे हाटमा हजारौँ मानिसहरु सुरक्षा सतर्कता नअपनाई भिडभाड गर्दा समेत रामेछाप नगरपालिका भने मौन छ ।

विहिबारे हाटका केहि दृश्यहरु :
तस्विर :  तिर्थमाया तामाङ

सामाजिक दुरी किन महत्वपूर्ण ?
सामाजिक दुरी भनेको एक अर्काबाट टाढा रहनु हो जसबाट संक्रमणको जोखिम कम गर्न सकियोस् । जब कोरोना भाइरस संक्रमित कसैलाई खोकीले सताउँछ । तिनीहरूको थुकको छिटा मार्फतबाट धेरै साना कणहरू हावामा फैलिन्छन् ।
यी कणहरूमा कोरोना भाइरसको किटाणुहरु हुन्छन् । यी भाइरसका कणहरू संक्रमित व्यक्तिको नजिक आउँदा श्वासप्रश्वासको माध्यमबाट तपाईंको शरीरमा प्रवेश गर्छ । कोरोना संक्रमण भएको हातले मुख वा नाकमा छुँदा त्यसैको माध्यमबाट कोरोना सर्ने गर्छ ।

यस अवस्थामा खोक्दा र हाछ्युँ गर्दा रुमालको प्रयोग गर्ने, आफ्नो हात नधोइकन अनुहार नछुने जस्ता सावधानीका उपायहरुबाट पनि हामी यसको उपाय खोज्न सक्छौं । संक्रमित व्यक्तिसँगको सम्पर्कमा नजानु नै भाइरस फैलिनबाट जोगिने सबैभन्दा महत्वपूर्ण उपाय हो । त्यसकारण मानिसहरूलाई एकै ठाउँमा धेरै मानिसहरूलाई जम्मा नगर्ने, एक अर्काबाट टाढा रहने, कुरा गर्ने वा हात नमिलाएर पनि कोरोनाबाट बच्न सकिन्छ ।

सामाजिक दुरी कायम राख्नको लागि नै सरकारले स्कुल र क्याम्पसहरु बन्द गराएको छ, सबै किसिमका परीक्षाहरु अर्काे सूचना जारी नभएसम्मको लागि स्थगित गरिसकेको छ । रेस्टुरेन्टलाई ह्यान्डवाश प्रोटोकल अनुसरण गर्न र मानिसहरूले प्राय जसो ठाउँमा छुने ठाउँहरू सफा गर्न सल्लाह दिइएको छ । सरकारले कुनै पनि प्रकारको अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । बस वा विमानमा यात्रा गर्दा अरुसँग दुरी कायम राख्न भनिएको छ । व्यावसायिक गतिविधिमा संलग्न ब्यक्तिले ग्राहकहरुसँग एक मिटरको दुरी कायम राख्न भनिएको छ ।

सामाजिक दुरी कसरी कायम राख्ने ?

सामाजिक दुरी भनेको भीडबाट मानिसलाई टाढा राख्नु हो । एकै ठाउँमा जम्मा हुनबाट जोगिनु नै कोरोनाबाट बच्ने उपाय हो । कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रालयले सुरुदेखि नै भीडभाड भएको ठाउँबाट नजान अपिल गर्दै आएको छ । सामाजिक घटनाहरूको क्रममा भीड हुने गर्छ । यस्तो अवस्थामा भीड भएको ठाउँमा संक्रमित व्यक्तिबाट अरुमा संक्रमणको डर हुन्छ । भीडहरु धेरै हुने ठाउँहरु जस्तै, बस स्टेसनहरुमा आउने मान्छे संक्रमित छ कि छैन ? भनेर पत्ता लगाउन गाह्रो छ । यस्तो अवस्थामा सामाजिक दुरी कायम राख्नु उत्तम विकल्प हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार