रामेछापको ऐतिहासिक तिल्के थान गढिको डिपिआर तयार (फोटोफिचर )

रामेछापको ऐतिहासिक तिल्के थान गढिको डिपिआर तयार (फोटोफिचर )

रामेछाप जिल्लाको रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा पर्ने ऐतिहासिक तिल्के थान गढिको डिपिआर तयार भएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ र मन्थली नगरपालिका वडा नम्बर ६ को सिमानामा पर्ने ऐतिहासिक तिल्के थान गढिको रामेछाप नगरपालिकाले डिपिआर तयार गरेको हो । उक्त स्थानलाई पर्यटकिय एवम ऐतिहासिक स्थलको रुपमा विकास गर्ने उद्धेश्यका साथ रामेछाप नगरपालिका लागेको वडा नम्बर ८ का वडाअध्यक्ष केदार कार्कीले बताउनुभयो ।

उक्त डिपिआर तयार भएसँगै अब नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँग बजेट माग गर्ने उहाँको भनाई छ । नेपाल एकिकरणका बेला विर गोर्खालीहरुले लडाई लड्न सहजहोस भनेर निर्माण गरेको गढि तिल्के थान गढि हो । सिन्धुली गढिको विकल्पमा लडाई लड्नको लागी विर गोर्खालीहरुले तिल्के थान गढि निर्माण गरेको स्थानिय बुढापाकाहरुको भनाई छ । तिल्के थान गढिमा फेला परेको पुरानो लेखले पनि सोहि कुरा बताउँछ । तिल्के थान गढिमा ४ कोठाको दरबार , बन्दुकको गोली छेक्न बनाइएका पर्खालहरु भग्नावशेषको रुपमा रहेको देख्न सकिन्छ ।

अब यस्तो बन्दै छ तिल्के थान गढि (डिपिआर) तस्विरमा  : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार