भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या १५ लाख नाघ्यो

भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या १५ लाख नाघ्यो

भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या १५ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ४८ हजार ५ सय १३ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ लाख ३५ हजार ३ सय ३५ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण ६ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३४ हजार १ सय ४९ पुगेको छ । यस्तै भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ९ लाख ८० हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार