रामेछाप मन्थलीमा तपाईको मास्क खै ? अभियान सुरु 

रामेछाप मन्थलीमा तपाईको मास्क खै ? अभियान सुरु 

रामेछाप जिल्लाको सदरमु्काम मन्थलीमा तपाईको मास्क खै अभियान सुरु गरिएको छ । लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले नागरीकहरुलाई मास्क लगाउन आग्रह गर्ने उद्धेश्यका साथ तपाईको मास्क खै अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक बशन्त पाठकले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम भइ रहदा पनि मास्क नलगाई हिड्न थालेपछि सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान चलाइएको उहाँले बताउनुभयो ।

आज मन्थली बजारमा मास्क नलगाई हिँड्ने व्यक्तिहरुलाई जिल्ला प्रशासनले निशुल्क मास्क समेत वितरण गरेको थियो भने प्रहरीले मन्थली बजारमा मास्क लगाउन आग्रह गर्दै माईकिङ गर्ने , मास्क नलगाएका व्यक्तिलाई सम्झाउने बुझाउने लगायतका कामहरु पनि गर्दै आएको छ । अब रामेछाप जिल्लामा पनि मास्क नलगाई घरबाहिर हिँडडुल गर्नेलाई रामेछाप प्रशासनले कारबाहि गर्ने छ । लकडाउन खुल्लाभयो भनेर धेरै जना मास्क विना नै बजारहरुमा ओहोरदोहोर गर्ने गरेको र जसका कारण संक्रमण फैलन सक्ने जोखिम रहेकाले अब जिल्लामा पनि मास्क नलगाईकन हिँड्न नपाईने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

नागरीकहरु आफै सचेत बन्नुपर्ने बताउँदै प्रजिअ शर्माले भिडभाड नगर्न , बजारहरुमा निस्कदा मास्क लगाउन आग्रह गर्नुभएको छ । आजकै दिनदेखि भिडभाडमा मास्क नलगाई हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार एक सय रुपैयाँ जरिवाना तिराउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार