अमेरिकामा कोरोना भाइरसको खोपको सबैभन्दा ठूलो परीक्षण सुरु

अमेरिकामा कोरोना भाइरसको खोपको सबैभन्दा ठूलो परीक्षण सुरु

अमेरिकामा कोरोना भाइरसको खोपको सबैभन्दा ठूलो परीक्षण सुरु भएको छ । कोरोना विरुद्धको खोप बनाउने क्रममा विश्वकै सबैभन्दा ठूलो भनिएको खोप परीक्षणमा ३० हजार स्वयम्सेवी सहभागि भएका छन् । नेशनल इन्स्टिच्यूट अफ हेल्थ एन्ड मडर्ना इन्कको माध्यमबाट बनाइएको खोप सफल हुन्छ भन्ने अहिले नै यकिन भने भइसकेको छैन । स्वयम्सेवीलाई खोपको वास्तविक डोज दिइएको हो वा नक्कली भन्ने विषयमा कुनै जानकारी उनीहरुलाई गराइएको छैन । दुई डोज दिएपछि वैज्ञानिकहरुले खोपले कतिको काम गर्दैछ भन्ने विषयमा गहिरिएर अध्ययन गर्नेछन् । विश्वका विभिन्न देशले कोरोना विरुद्धको खोप विकास गर्दैछन् । जसमा अमेरिका पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार