उपत्यकाका ५३ सहित देशभर ३ सय ११ जना नयाँ सङ्क्रमित थपिए

उपत्यकाका ५३ सहित देशभर ३ सय ११ जना नयाँ सङ्क्रमित थपिए

पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो । देशभर पछिल्लो २४ घन्टामा ३ सय ११ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेहरुको संख्या १९ हजार ६३ पुगेको छ । यस्तै, ५ हजार १ सय ३९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार