रामेछापको ऐतिहासिक तिल्के थान गढि (फोटोफिचर )

रामेछापको ऐतिहासिक तिल्के थान गढि (फोटोफिचर )

नेपाल एकिकरणका बेला विर गोर्खालीहरुले लडाई लड्न सहजहोस भनेर निर्माण गरेको गढि तिल्के थान गढि पनि हो । सिन्धुली गढिको विकल्पमा लडाई लड्नको लागी विर गोर्खालीहरुले तिल्के थान गढि निर्माण गरेको स्थानिय बुढापाकाहरुको भनाई छ । तिल्के थान गढिमा फेला परेको पुरानो लेखले पनि सोहि कुरा बताउँछ । तिल्के थान गढिमा ४ कोठाको दरबार , बन्दुकको गोली छेक्न बनाइएका पर्खालहरु भग्नावशेषको रुपमा रहेको देख्न सकिन्छ । रामेछाप जिल्लामा चिसापानी गढि र तिल्के थान गढि गरी २ वटा ऐतिहासिक गढिहरु रहेको स्थानिय जानकारीहरु बताउँछन । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ र मन्थली नगरपालिका वडा नम्बर ६ को सिमानामा पर्ने ऐतिहासिक तिल्के थान गढि र सो आसपासबाट देखिने सुन्दर एवम मनोरम दृश्यहरु तस्विरमा :

तस्विर पर्शुराम थापा :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार