कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्ट

गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ए ग्रेडमा परेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ए मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबिच आर्थिक वर्ष ०७६ र ७७ मा कार्यसम्पादन मुल्यांकन सम्झौता भएको थियो । ६ मुख्य क्षेत्रलाई आधार मानेर एक सय भन्दा बढी विषय मापनबाट हुने यो मूल्यांकनमा सिन्धुपाल्चोक उत्कृष्ट भित्र पर्न सफल भएको हो । अघिल्लो वर्षको मूल्यांकनमा सिन्धुपाल्चोक अन्तिममा परेको थियो । आर्थिक वर्ष २०७६,७७ मा सचिव र प्रमुृख जिल्ला अधिकारी बीचको कार्यसम्पादन र जिल्लाबाट गृह मन्त्रालयमा पठाइने हरेक दिनको रिपोर्टिङ नै मूल्यांकनको आधार हो । जिल्लामा सबैको साथ सहयोगका कारण गत वर्ष कार्यसम्पादनमा अन्तिममा परेको जिल्लालाई यो वर्ष ए मा ल्याउन सकिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार