माध्यमिक शिक्षा परीक्षाको नतिजा आउन ढिलाई

माध्यमिक शिक्षा परीक्षाको नतिजा आउन ढिलाई

सरकारले साउन १५ गते भित्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने भनेर घोषणा गरे पनि नतिजा सार्वजनिक गर्नमा ढिलाइ हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले तोकेको नतिजा सार्वजनिक गर्ने मिति आउन तीन दिन मात्र बाँकी रहँदा अझै नतिजा सार्वजनिक गर्ने तयारी देखिएको छैन । अधिकांश विद्यालयबाट जिल्ला शिक्षा समन्वय ईकाइ हुँदै राष्ट्रिय परीक्षा बोर्डलाई विवरण प्राप्त भइसके पनि केहि विद्यालयको विवरण आउन बाँकी रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताउनुभयो । जेठ २८ गते बसेको मन्त्रीपरिषद् बैठकले २०७६ सालको एसईई नगर्ने निर्णय गरेको थियो । कोरोना महामारीका कारण परीक्षा गराउन असम्भव भएको भन्दै आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय भएको थियो । गत चैत ६ गतेबाट तोकिएको परीक्षा अन्तिम समयमा आएर स्थगित भएको थियो । यो वर्ष चार लाख ८२ हजार सात सय सात विद्यार्थी एसईई परीक्षा दिने तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार