रामेछाप हिलेपानी भालुखोप सडक कालोपत्रै हुँदै

रामेछाप हिलेपानी भालुखोप सडक कालोपत्रै हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नम्बर ७ मा पर्ने हिलेपानी भालुखोप सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढेको छ । अहिले सडक कालोपत्रे गर्नका लागि धमाधम काम भैरहेको वडानम्बर ७ का वडाअध्यक्ष समीर कार्किले जानकारी दिनुभयो । जम्मा १ करोड ५९ लाख लागतमा बाग्मती प्रदेशको ८४ लाख र बाँकी रामेछाप नगरपालिकाको लगानिमा कालोपत्रे हुन लागेको सडकलाई निकै चासोका साथ हेरिएको छ । सवारी साधन आवतजवत गर्न असाध्यै अप्ठ्यारो घाम लाग्दा धुलो र पानि पर्दा हिलो हुने सडक कालोपत्रे हुने भएपछि यहाँका स्थानियहरु खुशी भएका छन ।
साथै ओख्रेनी , हिमगंगा , कुशबसेरी सडक स्तरउन्नतीको काम पनि सोही रकम १ करोड ५९ लाख भित्रैबाटै हुने पनि वडाअध्यक्ष कार्किले बताउनुभयो । सो सडक स्तरउन्नतिको काम पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार