पहिरोका कारण सिन्धुली सहित विभिन्न सडकखण्ड बन्द

पहिरोका कारण सिन्धुली सहित विभिन्न सडकखण्ड बन्द

सिन्धुली । केही दिनदेखि परिरहेको पानीका कारण पहिरो खस्दा विभिन्न सडकखण्ड बन्द भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा खसेको पहिरोका कारण वीपी राजमार्ग बन्द भएको छ । सिन्धुलीमा बिहान पौने १२ बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ । यस्तै धादिङ र चितवनको सीमामा पर्ने मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ ।

सडक बन्द हुँदा चितवनर धादिङ हुँदै काठमाण्डौ आउने गाडी पनि बीच बाटोमा नै रोकिएका छन् । यसैबीच पहिरोका कारण बन्द नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आएको छैन । इच्छाकामना गाउँपालिका ६ चारकिलो भन्ने ठाउँमा बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको हो । पानी लगातार परिरहेको र माथिबाटसमेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार