रामेछाप अस्पताल रामेछापमा सोमबार भएको विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाहमा ८५ जनाले सेवा लिएका छन । मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा दिएका हुन । मुटु रोगका ३० जना,स्त्री रोगका २५ जना र नाक कान तथा घाँटी रोगका ३० जना बिरामीले सेवा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो ।
हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिने उद्देश्य अन्तर्गत विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भएको अस्पतालका निमित्त मेसु डा. श्रेष्ठले बताउनुभयो ।अस्पतालमा विशेषज्ञ÷विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन भैरहेको उहाँले बताउनुभयो ।
बिरामीको सहजताको लागि अस्पतालले हरेक महिना विशेषज्ञ÷विशिष्टिकृत सेवा विस्तार गरेको र धेरै बिरामीहरुलाई सेवा लिन उहाँले अनुरोध गर्नुभयो । विर अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ,नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. रश्मी वास्ताकोटी र नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. सुमेध मिश्रले बिरामीलाइ सेवा दिनुभएको थियो ।